प्रदेशलाई विशिष्टकृत आर्थिक केन्द्रको रुपमा विकास गरिने


काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले प्रदेशलाई विशिष्टकृत आर्थिक केन्द्रको रुपमा विकास गरिने बताएका छन् ।

आर्थिक वर्ष २०८१/८२ वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पुनले निजी क्षेत्रसँगको सहकार्यमा प्रदेशलाई विशिष्टकृत आर्थिक केन्द्रको रुपमा विकास गरिने बताएका हुन् ।

उनले कोशीलाई उद्योग, मधेशलाई कृषि, बागमतीलाई सूचना प्रविधि, गण्डकीलाई पर्यटन, लुम्बिनीलाई साना तथा मझौला उद्यम, कर्णालीलाई जडिबुटी र सुदुपश्चिमलाई धार्मिक पर्यटन आर्थिक हब बनाइने बताए ।