काठमाडौं । सरकारले चालु आर्थिक वर्ष (आव) २०८०र८१ मा १५ खर्ब ३० अर्ब १५ करोड मात्रै बजेट खर्च हुने संशोधित अनुमान गरेको छ ।
मंगलबार प्रतिनिधि र राष्ट्रिय सभाको संयुक्त बैठकमाआव २०८१र८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले बजेटको संशोधित खर्च अनुमान बताएका हुन् ।
जसमध्ये चालुतर्फ १० खर्ब ६७ अर्ब ४९ करोड, पूँजीगत २ खर्ब १५ अर्ब ३० करोड, वित्तीय व्यवस्था २ खर्ब ४७ अर्ब ५५ करोड खर्च हुने संशोधित अनुमान रहेको उनले बताए ।
उक्त विनियोजनको स्रोतमा राजस्व १२ खर्ब ५३ अर्ब ५२ करोड, अनुदान ३४ अर्ब ३४ करोड, वाह्य ऋण १ खर्ब ४५ अर्ब ४४ करोड र आन्तरिक ऋण २ खर्ब ४० अर्ब हुने उनले बताए ।
सरकारले चालूतर्फ १० खर्ब ७ अर्ब, पुँजीगततर्फ २ खर्ब ५४ अर्ब र वित्तीय व्यवस्थातर्फ २ खर्ब ६८ अर्ब रूपैयाँ खर्च हुने लक्ष्य राखेको थियो । चालू आर्थिक वर्षमा १२ खर्ब ५३ अर्ब ५२ करोड रुपैयाँ राजश्व संकलन हुने संशोधित अनुमान गरिएको पुनले बताए ।
प्रतिक्रिया दिनुहोस्