जनकपुरलाई विवाह गन्तव्य बनाइने


काठमाडौँ । धनुषाको जनकपुरलाई विवाह गन्तव्यका रुपमा विकसित गरिने भएको छ ।

अर्थमन्त्री वर्षामान पुनद्वारा सङ्घीय संसद्को संयुक्त बैठकमा आज प्रस्तुत आर्थिक वर्ष २०८१र०८२ को सरकारको राजस्व र व्ययको वार्षिक अनुमान ९बजेट० मा उक्त व्यवस्था प्रस्ताव गरिएको छ ।

नेपालमा वैवाहिक समारोह गर्न आउने विदेशी पर्यटकलाई सहजीकरण गरी सांस्कृतिक तथा पर्यटकीय गन्तव्यलाई विवाह गन्तव्यको रूपमा विकास गरिने अर्थमन्त्री पुनले बताए ।