‘मेघा किचन’ स्थापना गर्ने घोषणा सहित दिवा खाजाको लागि ८ अर्ब विनियोजन


काठमाडौं । सरकारले दिवा खाजाको लागि ८ अर्ब रुपैयाँ विनियोजन गरेको छ ।

मंगलबार आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पुनले कक्षा ५ सम्मका ३० लाख विद्यार्थी लाभाान्वित हुने गरी ८ अर्ब ३९ करोड रुपैयाँ विनियोजन गरेको बताएका छन् ।

अर्थमन्त्री पुनले दिवा खाजाको लागि स्थानीय उत्पादनको प्रयोग गर्न व्यवस्था मिलाइने बताएका छन् ।

सरकारले सात प्रदेशमा एकृकीत भान्छाको अवधाराणा अनुरुप मेघा किचनको स्थापना गर्ने घोषणा गरेको छ ।