स्वास्थ्यमा ८६ अर्ब ८४ करोडको बजेट विनियोजन


काठमाडौँ । सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसहित स्वास्थ्य क्षेत्रलाई ८६ अर्ब ८४ करोड बजेट विनियोजन गरेको छ।

आर्थिक वर्ष २०८०र८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले उक्त जानकारी दिएका हुन्।

सरकारले निशुल्क औषधि, स्वास्थ्य बीमा, अस्पतालहरुको क्षमता वृद्धि,आधारभूत अस्पताल सञ्चालन, उपकरण लगायतका विषयमा ८६ अर्ब ८४ करोड बजेट विनियोजन गरेको हो ।