बजेटबाट सरकारले लिएको ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न सम्भव छः अध्यक्ष ढकाल


काठमाडाैँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले बजेटबाट सरकारले लिएको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न सम्भव भएको प्रतिक्रिया दिएका छन् । 

आगामी आर्थिक वर्षको बजेटमाथि प्रतिक्रिया दिँदै अध्यक्ष ढकालले बजेटले लिएका अन्य लक्ष्य कार्यान्वयन गर्न सकेमा आर्थिक वृद्धिको लक्ष्य पूरा हुने बताएका हुन् । उनले महासंघले प्रवद्र्धन गरेको सानो वचतबाट लगानी कम्पनी खोल्ने र विभिन्न क्षेत्रमा लगानी गर्ने कम्पनीलाई प्रवद्र्धन गर्ने कुरा स्वागतयोग्य रहेको बताए ।

उनले  पर्यटनमा वैवाहिक पर्यटन ‘वेडिङ डेस्टिनेशन’ विकास गर्ने विषय आएको भन्दै यसबाट देशको आर्थिक विकास सुधार गर्न सकिने बताए । उनले सूचना प्रविधि उद्योगलाई केन्द्रित गर्दै आएको सहुलियत र विस्तारका योजना समेत स्वागतयोग्य भएको उल्लेख गरे । सरकारले निजी क्षेत्रका मागलाई सम्बोधन गरेको भन्दै खुशी व्यक्त गरे ।