काठमाडौँ। बुधबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३८ हजार २ सय रुपैयाँ कायम भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला १ लाख ३७ हजार ६ सय रुपैयाँ रहेको छापावाल सुनको मूल्य ६ सय रुपैयाँले बढेको हो ।
तेजावी सुनको मूल्य ४ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३७ हजार ५५० रुपैयाँ कायम भएको छ ।
आज चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेर १ हजार ९३० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्