बजेट मार्फत नयाँ चरणको सुधार आवश्यकता रहेको सन्देश दिन खोजेका छौं: अर्थमन्त्री पुन


काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१ ८२ को बजेट मार्फत नयाँ चरणको सुधार आवश्यकता रहेको सन्देश दिन खोजेको बताएका छन् ।

अर्थमन्त्री पुनले बुधबार पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा भौगोलिक अवस्थिती, नेपालमा भएका जनशक्ति अनुसार कसरी विकास गर्न सकिन्छ भन्ने हिसाबले नयाँ चरणको सुधार आवश्यकता रहेको बताएका हुन् ।

उनले नयाँ चरणको सुधारले मात्र देश विकास हुनसक्ने उनले बताए । उनले निजी क्षेत्रलाई साथ लिएर मात्र देशको विकास हुने बताएका छन् । विकास निर्माणको काम सरकारले मात्र गर्न नसक्ने भएकाले निजी क्षेत्रलाई पनि साथमा लिएर जाने बताएका हुन् ।