जीवन बिमा कम्पनीहरूको कुल व्यवसाय १ खर्ब २१ अर्बमाथि, कुनले कति गरे ?


काठमाडौँ । चालु आर्थिक वर्षको १० महिना (साउन–बैशाख) सम्म जीवन बिमा कम्पनीहरूले १ खर्ब बढीको व्यापार गर्न सफल भएका छन् । बैशाख मसान्तसम्म संचालनमा रहेका १४ वटा जीवन बिमकले कुल १ खर्ब २१ अर्ब ३५ करोड रुपैयाँको व्यापार गरेका हुन् ।

सो अवधिसम्म सबैभन्दा बढी व्यवसाय भित्र्याउने कम्पनीमा नेपाल लाइफ इन्स्याेरेन्स रहेको छ । कम्पनीले ३२ अर्ब ३८ करोड रुपैयाँ बिमा शुल्क आर्जन गरेको छ।

त्यस्तै, दोस्रोमा नेशनल लाइफले १४ अर्ब ३३ करोड रुपैयाँ बिमा शुल्क आर्जन गर्दा लाइफ इन्स्याेरेन्स कर्पाेरेशन नेपालले १४ अर्ब २३ करोड रुपैयाँ कुल बिमा शुल्क आर्जन गरेको छ ।

हिमालयन लाइफले १३ अर्ब ५१ करोड, सुर्यज्योति लाइफले ७ अर्ब २७ करोड, एशियन लाइफले ६ अर्ब ३८ करोड छ भने राष्ट्रिय जीवन बिमाले ५ अर्ब ७६ करोड कुल बिमाशुल्क आर्जन गरेका छन् ।

त्यसैगरि सिटिजन लाइफले ४ अर्ब ७० करोड, सानिमा रिलायन्सले ४ अर्ब ६९ करोड, मेट लाइफले ४ अर्ब ५७ करोड, आइएमई लाइफले ३ अर्ब ६५ करोड, प्रभु महालक्ष्मी लाइफले ३ अर्ब ४१ करोड, रिलायबल नेपाल लाइफले ३ अर्ब ३४ करोड र सन नेपाल लाइफले ३ अर्ब ८ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको नेपाल बिमा प्राधिकरणले सार्वजनिक गरेकाे तंथ्याकले देखाएकाे छ ।