१० महिनामा लघु जीवन बिमा कम्पनीको कुल बिमाशुल्क १० करोड माथि, कसको कति ?


काठमाडौँ । चालु आर्थिक वर्षको १० महिना (साउनदेखि वैशाख) सम्म लघु जीवन बिमकले १० करोड १९ लाख रुपैयाँ बढी कुल बीमाशुल्क आर्जन गरेको छ।

नेपाल बीमा प्राधिकरणको तथ्यांकका अनुसार तीनवटा लघु जीवन बिमा कम्पनीले १० महिनामा १० करोड १९ लाख ५४ हजार रुपैयाँ कुल बिमाशुल्क आर्जन गरेका हुन्।

त्यस्तै कम्पनीहरूले ५२ हजार ९९० बिमालेख जारी गरेर छन् । १० महिनाको अवधिमा सर्वाधिक व्यवसाय क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ। जसले ६ करोड ३३ लाख ६६ हजार रुपैयाँ कुल बिमाशुल्क आर्जन गरेको छ।

त्यस्तै गार्डियन माइक्रो लाइफले २ करोड ४७ लाख ९८ हजार रुपैयाँ र लिबर्टी माइक्रो लाइफले १ करोड ३७ लाख ९० हजार रुपैयाँ कुल बिमा शुल्क आर्जन गरेका छन् ।

Skip This