आर्थिक अभियानका खड्का सम्मानित


काठमाडौँ । आर्थिक अभियान पत्रिकाका संवाददाता प्रशान्त खड्का सम्मानित भएका छन् ।

लामो समयदेखि आर्थिक अभियानमा कृषि विधामा कलम चलाइ रहेका खड्कालाई राष्ट्रिय दुग्ध विकास बोर्डले सम्मान गरेको हो ।

खड्कालाई डेरी क्षेत्रको विकासमा सहयोग पुर्याएको भन्दै बोर्डले २४ औँ विश्व दूध दिवसको अवसरमा दाेसल्ला तथा सम्मान पत्र प्रदान गर्दै सम्मान गरिएकाे हो ।