देशमा रोजगारीको ठूलो समस्या छः मन्त्री अर्याल


काठमाडौँ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले देशमा रोजगारीको ठूलो समस्या रहेको भन्दै रोजगारी सिर्जना गर्न उद्योगी व्यवसायीहरुसँग आग्रह गरेका छन्।

शनिवार जनधपुरमा श्रमाधान मेलाको उद्घाट गर्दै अर्यालले देशभरको तुलनामा मधेस प्रदेशमा रोजगारीको समस्या विकराल रहेको बताए।

उनले रोजगारको खोजिमा युवा पुस्ता भौंतारिरहेको अवस्थालाई हेरेर स्वदेशमै रोजगारी सिर्जना गर्ने वातावरण बनाउनुपर्ने बताउनु बताए।

मन्त्री अर्यालले मेलाले श्रमिक र रोजगारदाताका समस्या आवश्यकताबारे बुझ्ने र दीर्घकालीन रूपमा श्रम क्षेत्रका समस्या सामधानका लागि महत्वपूर्ण भुमिका खेल्ने विश्वास व्यक्त गरे।

उनले भने, “स्वदेशमा रोजगारी नहुँदा सानो सुविधामै विदेश जानुपर्ने बाध्यात्मक अवस्था छ । यसलाई कम गर्दै जानुपर्छ । त्यसैले हामीले यो श्रमाधान रोजगार मेला शुरु गरेका छौँ । यो मेलाले तत्काल कति रोजगारी दिन्छ भन्ने भन्दा पनि रोजगारदाता कम्पनीहरु खोज्न आवश्यक छ ।”

मन्त्री अर्यालले देशको युवापुस्ता बाध्य भएर वैदेशिक रोजगारीमा जानुपर्ने अवस्था रहेको भन्दै देशको श्रमबजारको आवश्यकता अनुसार सीप सिकेर अवसरको सदुपयोग गर्न आग्रह गरे।

—न्युज एजेन्सी नेपाल