बजेटले पोखरा पर्यटकीय राजधानी बन्छ कि बन्दैन, भन्ने प्रश्न उठायोः सांसद बैरागी


काठमाडौँ । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का सांसद दामोदर पौडेल बैरागीले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

आइतवार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले सो कुरा बताएका हुन् । सांसद बैरागीले पोखरालाई पर्यटकीय राजधानीको रुपमा घोषणा गरेपनि सो अनुसारको बजेटको व्यवस्था नभएको बताए ।

उनले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटले पोखरा पर्यटकीय राजधानी बन्द कि बन्दैन रु भन्ने प्रश्न उठाएको पनि बताए । सांसद बैरागीले बजेटमा निर्वाचन क्षेत्र रणनीतिक योजनाहरु कटौति गरिएको भन्दै आपत्ति समेत गरे ।

उनले भने, “पोखरालाई पर्यटकको राजधानी घोषणा गरिएको छ । तर अहिलेको बजेटमा पोखरा पर्यटकको राजधानी बन्छ कि बन्दैन रु भन्ने पश्न उठेको छ । वर्षा सुरु भएको छ । धेरै ठाउँमा असिना, पानीले, बाढी पहिरोले समस्या भइराखेको छ । र त्यो विपद् व्यवस्थापन गर्नेतर्फ हामी सबैको ध्यान जान जरुरी छ ।”

सांसद बैरागीले बाढी, पहिरो र असिनासहितको वर्षाले क्षति पु¥याउने काम शुरु गरेको उल्लेख गर्दै त्यसको उचित व्यवस्थापनमा ध्यान दिन पनि सरकारलाई सचेत गराए ।