सहकारीको डेढ अर्ब रुपैयाँ ठगी गरेको आरोपमा चन्द्रबहादुर लामा पक्राउ


काठमाडौं । सहकारी ठगी प्रकरणमा जोडिएका चन्द्रबहादुर लामालाई प्रहरीले पक्राउ गरेको छ । विभिन्न सहकारीमा एक अर्ब ५१ करोड रुपैयाँ ठगी गरेको आरोपमा लामालाई पक्राउ लामालाई प्रहरीले पक्राउ गरेको हो। आईतबार नेपाल प्रहरीको काठमाडौं अपराध अनुसन्धान कार्यालयले राईलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

प्रमख प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईले लामामाथि कान्तिपुर सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लि।को बिरुद्धमा ८५२ जना जाहेरवालाहरुले वचत गरेको रकमको माग दाबीसहित उजुरी परेको बताए ।

त्यस्तै पशुपति सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ विरुद्धमा नेपाल सरकारको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयमा ५४ जनाको निवेदन परेको र उक्त पशुपति सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लि.को विरुद्धमा १२ करोड को हाराहारीमा बिगो मागदाबी गर्दै जाहेरी परेको बताए ।

उनले २०८० फागुन २० गतेदेखि नै सम्मानित काठमाडौं जिल्ला अदालतबाट अनुमति प्राप्त भइ फरार रहेका प्रतिवादी सिबी लामा भन्ने चन्द्रबहादुर लामालाई पक्राउ गरिएको बताए ।

लामा अध्यक्ष रहेको पशुपती सहकारीको ठगी प्रकरणमा अहिले केन्द्रिय अनुसन्धान ब्युरोले अनुसन्धान गरिरहेको छ ।