काठमाडौँ । सुपर कृषक एपले नेपाली कृषिलाई क्रिकेटसँग जोड्ने उद्द्येश्यका साथ ५ रन बराबर एक कफी बिरुवा अभियान ल्याएको छ ।
यो अभियान अन्तर्गत नेपाली खेलाडीले हानेको प्रत्येक रन बापत सुपर कृषकले सम्भावना बोकेको सिमान्तकृत किसानहरुलाई कफीको बिरुवा बाढ्ने तथा यसको रेखदेखको लागि आवश्यक तालिम तथा प्रविधि प्रदान गर्ने जनाएको छ ।
अमेरिका र वेष्ट इन्डिजमा संयुक्त भइरहेको ‘टी(ट्वान्टी विश्वकप’ क्रिकेटमा नेपाल १० वर्षपछि यस वर्ल्डकपमा सहभागी भएको छ ।
यसै सन्र्दभमा विभिन्न डिजिटल सेवा सुविधामार्फत नेपाली कृषकको जीवनशैली सहज बनाउँदै आएको सुपर कृषक एपले नेपाली क्रिकेट टिमलाई समर्थन गर्ने साथै यादगार बनाउन र नेपाली कृषिलाई पनि क्रिकेटसंग जोड्ने उद्द्येश्यका साथ ५ रन बराबर एक कफी बिरुवा अभियान ल्याएको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्