चितवनमा हावाहुरीले केरा खेती नष्ट गरेको भन्दै सांसद ढकालले मागे बिमा वापतको रकम


काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले चितवनका हावाहुरीका कारण किसानको १५ करोड रुपैयाँ बराबरको केरा खेती नष्ट भएको भन्दै क्षतिपूर्ति दिन सरकारसँग माग गरेका छन् ।

मंगलवार प्रतिनिधि सभा बैठकमा विशेष समयमा बोल्दै सांसद ढकालले चितवनमा केही दिन अघिको हावाहुरीका कारण १५ करोड बराबरको केरा खेतीमा क्षति पुगेको भन्दै सो को क्षतिपूर्ति दिन सरकारसँग माग गरेका हुन् ।

उनले १५ करोड बराबरको क्षतिको बिमा रकम किसानलाई प्रदान गर्न माग गरे । उनले गत वर्ष भएको क्षतिको पनि २ करोड ५० लाख बिमा रकम अहिलेसम्म भुक्तानी हुन नसकेको भन्दै यसतर्फ पनि सरकारको ध्यानाकर्षण गराए ।

उनले आफूले संसदमा केवल बोल्नको लागि मात्रै किसानको कुरा नबोलेको भन्दै आफूले बोलेको कुरालाई गम्भीरतापूर्वक लिन सरकारलाई आग्रह गरे ।

Skip This