नेप्से ६ अंकले बढ्यो, कारोबार रकम ४ अर्ब माथि


काठमाडौं । साताको कारोबारको तेस्रो दिन सेयरबजारमा सामान्य सुधार आएको छ । नेपाल स्टक एक्सेचन्जका अनुसार सेयर मापक सूचक नेप्से परिसूचक ६.२२ अंकले बढेर २०८५.३० अंकमा पुगेको छ ।

आज नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये ३ वटा उपसमुहको सेयरमूल्य घटेको छ भने बाँकी १० वटा उपसमुहको सेयरमूल्य बढेको छ ।

आजको दिन नेप्सेमा कारोबार रकमका आधारमा सिइडीबी हाइड्रोपावर कम्पनी लिमिटेड अग्रस्थानमा रहेको छ । कम्पनीको २० करोड ४५ लाख ८८ हजार रुपैयाँको कारोबार भएको छ ।

मंगलबार ग्लोबल आइएमआई लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ ।

कुल ३१५ कम्पनीको ८२ लाख १७ हजार ३ सय ७१ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब २ करोड ९४ लाख ६८ हजार ६ सय २४ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।