सहकारी प्रकरण: संसदीय छानबिन समितिको बैठक सुरू


काठमाडौँ । सहकारीको बचत रकम दुरुपयोग सम्बन्धी छानबिन गर्न गठित विशेष समितिको पहिलो बैठक सुरू भएको छ । बैठक संसद् भवन बानेश्वरस्थित शंकर हलमा बसिरहेको छ । बैठकमा सभामुख देवराज घिमिरेको पनि उपस्थिति रहेको छ ।

गएको जेठ १५ गते सहकारी बचतमा देखिएको अपचलनको छानबिन गर्न भन्दै प्रतिनिधिसभा बैठकले सात सदस्यीय छानबिन समिति बनाएको हो । समितिले तीन महिनाभित्र प्रतिवेदन बुझाउनुपर्ने समय तोकिएको छ ।

समितिको सभापतिमा एमाले सांसद सूर्यबहादुर थापा रहेका छन् । समितिमा एमालेकी सरिता भुसाल, कांग्रेसबाट ईश्वरी न्यौपाने र बद्री पाण्डे, माओवादीबाट लेखनाथ दाहाल, रास्वपाबाट शिशिर खनाल र राप्रपाका ध्रुवबहादुर प्रधान सदस्य रहेका छन् ।