बुधबार ५ अंकले घट्यो नेप्से, कारोबार रकम ४ अर्ब


काठमाडौँ। साताको कारोबारको चौथो दिन सेयरबजार झिनो अंकले घटेको छ। नेपाल स्टक एक्सेचन्जका अनुसार सेयर मापक सूचक नेप्से परिसूचक ५.५८ अंकले घटेर २०७९.७१ अंकमा झरेको छ ।

आज नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये ४ ओटा उपसमुहको सेयरमूल्य बढेको छ भने बाँकी ९ ओटा उपसमुहको सेयरमूल्य घटेको छ ।

आजको दिन नेप्सेमा कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड अग्रस्थानमा रहेको छ । कम्पनीको १९ करोड ३ लाख ७९ हजार ५७६ रुपैयाँको कारोबार भएको छ ।

बुधबार भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था र माई खोला हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य क्रमश १० प्रतिशत, ९.८३ प्रतिशत र ९.६५ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

सबैभन्दा बढी अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् । कम्पनीको सेयरमूल्य ५.५१ प्रतिशतले घटेको छ ।

कुल ३०६ कम्पनीको ८० लाख ४२ हजार ७६७ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ९९ करोड २९ लाख ७६ हजार ४९२ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।