विहीबार झिनो अंकले घट्यो नेप्से, ४ अर्ब माथिको कारोबार


काठमाडौँ। साताको कारोबारको अन्तिम दिन सेयरबजार झिनो अंकले घटेको छ। नेपाल स्टक एक्सेचन्जका अनुसार सेयर मापक सूचक नेप्से परिसूचक १.९३ अंकले घटेर २०७७.७८ अंकमा झरेको छ ।

आज नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये ५ ओटा उपसमुहको सेयरमूल्य बढेको छ भने बाँकी ८ ओटा उपसमुहको सेयरमूल्य घटेको छ ।

आजको दिन नेप्सेमा कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड अग्रस्थानमा रहेको छ । कम्पनीको १८ करोड ६८ लाख ४ हजार ९१७ रुपैयाँको कारोबार भएको छ ।

विहीबार इमर्जिङ नेपाल, भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, मिड सोलु हाइड्रोपावर र बुद्धभुमी नेपाल हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य क्रमश १० प्रतिशत, १० प्रतिशत, १० प्रतिशत, र ९.८८ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

माई खोला हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । कम्पनीको सेयरमूल्य ६.४० प्रतिशतले घटेको छ ।

कुल ३२२ कम्पनीको ८८ लाख १३ हजार ३७४ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ३८ करोड ८२ लाख ७८ हजार ७२० रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।