मर्मतपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुन संचालनमा


काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा परेको प्वाल मर्मत गरेपछि विमानस्थल पुन संचालनमा आएको छ ।

विमानस्थलको धावनमार्गमा प्वाल परेको कारण डेढ घण्टा उडान प्रभावित भएको थियो ।

विमानस्थल खुलेपछि आकाशमै होल्ड भएका आन्तरिक तथा बाह्य उडानहरु अवतरण हुन थालेका छन्।