धितोपत्र बोर्डको भवन निर्माण प्रक्रिया अगाडी बढ्छ : अध्यक्ष राना


काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष नरेन्द्र कुमार रानाले बोर्डको भवन निर्माणको प्रक्रिया अगाडी बढाउने बताएका छन् ।

शुक्रबार धितोपत्र बोर्ड स्थापनाको ३२ औं वार्षिकोत्सवका अवसरमा अध्यक्ष रानाले बोर्डको जग्गा खरिदको विषयमा प्राधिकरणसँग कुरा गरेर प्रक्रिया अगाडी बढाउने बताए ।

उनले भने “काठमाडौं उपत्यका प्राधिकरणसँग भवन निर्माणको लागि जग्गा किन्ने भनेर दिएको पैसा ३ वर्षदेखि रोकिएको छ । जग्गा खरिदको विषय उपत्यका प्राधिकरणसँग छिट्टै टुंगोमा पु¥याउनेछु, अर्थमन्त्रालय अन्र्तरगतका नियकायहरुसँग समन्वय गरेर मन्त्रालयहरुसँग भएका जग्गा तथा भवन खरिद गर्न सकिने विषय पनि अगाडी बढाउनेछु ।”

रानाले बोर्डमा लामो समयदेखि अध्यक्ष पद रिक्त रहँदा धेरै कामहरु भ्याकुम भएको बताए ।

“बोर्डमा पाँच महिनादेखि धेरै कामहरु भ्याकुम भएका छन्, अध्ययन गर्दैछौं, बोर्ड सञ्चालक समितिमा पनि छलफल भएको छ, अब रोकिएका कामहरु विस्तारै अगाडी बढ्नेछन् ।” रानाले भने ।

उनले बोर्डले विद्यमान धितोपत्र बजारसम्बन्धी कानून परिष्कृत गर्ने, कानूनी प्रवलीकरणमा जोड, कारोबार लागतमा कटौती, लगानीकर्ता शिक्षा तथा सचेतना अभिवृद्धि लगायत नियमन तथा सुपरिवेक्षण कार्यलाई थप प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको पनि बताए ।