सुशासन कायम गर्न राज्यका सबै निकायमा शुद्धिकरण अभियान सुरू हुन्छः अर्थमन्त्री पुन


काठमाडाैँ ।अर्थमन्त्री वर्षमान पुनले सुशासन कायम गर्नका लागि राज्यका सबै निकायहरुमा शुद्धिकरण अभियान शुरु गर्ने बताएका छन् ।

शनिवार काठमाडौँमा रिटर्नी सेन्टर नेपालको प्रथम स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री पुनले सरकारले सुशासन कायम गर्नका लागि राज्यका सबै निकायहरुमा शुद्धिकरण अभियान सुरू गर्ने बताएका हुन् । उनले सरकारले भ्रष्टाचारको सफाइ गर्न खोजेको बताए ।

उनले भ्रष्टाचारको सम्बन्धमा फाइल उठाउने कर्मचारी र स्वीकृत गर्ने कर्मचारीलाई कारबाही नगरी बिचका कुनै कर्मचारीलाई कारबाही गर्ने प्रवृत्ति देखिएको भन्दै आफूहरुले त्यसको अन्त्य गर्ने बताए ।

उनले नजिक र टाढाको नभनी दोषि उपर कारबाही गरिने बताए ।अर्थमन्त्री पुनले भ्रष्टाचार अन्त्य गर्दै सुशासन कायम गर्न सरकार उभिएको भन्दै सुशासनका लागि राज्यका निकायहरुमा शुद्धिकरण अभियान चलाइने स्पष्ट पारे । अर्थमन्त्री पुनले सरकारले नियामक निकायहरुलाई बलियो बनाउने पनि बताए ।