नेप्से ४ अंकले घट्यो, ५ अर्ब माथिको कारोबार


काठमाडौँ। साताको कारोबारको पहिलो दिन सेयरबजार झिनो अंकले घटेको छ। नेपाल स्टक एक्सेचन्जका अनुसार सेयर मापक सूचक नेप्से परिसूचक ४.५९ अंकले घटेर २०७३.१९ अंकमा झरेको छ ।

आज नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये ५ ओटा उपसमुहको सेयरमूल्य बढेको छ भने बाँकी ८ ओटा उपसमुहको सेयरमूल्य घटेको छ ।

आजको दिन नेप्सेमा कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड अग्रस्थानमा रहेको छ । कम्पनीको ३२ करोड ३ लाख ९४ हजार ५६८ रुपैयाँको कारोबार भएको छ ।

आइतबार इस्र्टन हाइड्रोपार, शुभम पावर, सिटी होटल, कुथेली बु्खुरी सानो हाइड्रोपावरm.र भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य क्रमश १० प्रतिशत, १० प्रतिशत, १० प्रतिशत, १० प्रतिशत र ९.९९ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ ।

कुल ३१३ कम्पनीको एक करोड ४ लाख ५२ हजार १२८ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब १८ करोड ९० लाख ७९ हजार ५२२ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।