ट्रष्ट माइक्रो इन्स्योरेन्सले आईपीओ जारी गर्ने


काठमाडौँ। ट्रष्ट माइक्रो इन्स्योरेन्स लिमिटेडले आईपीओ निष्काशनको विशेष प्रस्तावसहित प्रथम वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको आगामी असार २२ गते बुटवलमा हुने साधारण सभाले सर्वसाधारणलाई आईपीओ निष्काशन गर्ने विशेष प्रस्ताव पारित गर्ने जनाएको छ ।

आईपीओ निष्काशन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने र सर्वसाधारण सेयरधनीलाई छुट्टाइएको सेयरबाट कर्मचारीलाई ५ प्रतिशत सेयर छुट्टाउने गरी प्रबन्धपत्र संशोधन गर्ने विशेष प्रस्ताव पारित गर्ने उल्लेख गरिएको छ ।

Skip This