प्रभु बैँक र सौराहाका १६ भन्दा बढी होटल र रेस्टुरेन्टबिच छुट सम्झौता


काठमाडौँ । प्रभु बैँकका कर्मचारी तथा ग्राहकहरूलाई भरतपुर भ्रमण वर्ष २०२४ लाई लक्षित गर्दै सौराहामा रहेका विभिन्न होटल तथा रेस्टुरेन्टसँग विभिन्न सेवामा विशेष छुट दिने सम्झौता भएको छ ।

छुट्टाछुट्टै समारोहबिच सम्पन्न सम्झौतामा प्रभु बैँकका तर्फबाट बागमती प्रदेश, चितवन कल्सटरकी प्रमुख साङ्ग्रिला श्रेष्ठ र सौराहाका शाखा प्रबन्धक मणि मानन्धरद्वारा हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार प्रभु बैँक लि. का कर्मचारी तथा ग्राहकहरूले बैँकसँगको आबद्धता प्रमाणका आधारमा आवास, खाना, खाजा तथा होटलमा उपलब्ध सम्पूर्ण सेवा सुविधाहरूमा विशेष छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

सो सम्झौता बमोजिम ग्राहक वर्ग तथा प्रभु बैँक लि.का कर्मचारीहरूका लागि आवासमा ८ देखि १५ प्रतिशत तथा खाना तथा पेय पदार्थमा १० प्रतिशतदेखि १५ प्रतिशतसम्मका छुटहरू प्राप्त गर्न सकिने छ ।

सम्झौता भएका होटेलहरूमा होटेल आइकावा इन, सपना भिलेज लज, सिद्धार्थ भिलास वनवास, होटेल वाइल्डलाइफ क्याम्प, पार्क सफारी रिसोर्ट, चौतारी गार्डेन रिसोर्ट, राइनो लज एण्ड होटेल, द पार्क सेन्चुर होटेल, ट्राभलर्स जंगल क्याम्प, होटेल मिराज, ओपन सेकुवा कर्नर, रिभर भ्यु जंगल क्याम्प, हिमालयन इन, जंगल सफारी लज, रोयल टाइगर लक्जरी होटेल लगायत छन्।