झिनो अंकले बढ्यो नेप्से, ५ अर्ब ४९ करोड रुपैयाँ बराबरको कारोबार


काठमाडौँ। साताको कारोबारको दोस्रो दिन सेयरबजार झिनो अंकले बढेको छ। नेपाल स्टक एक्सेचन्जका अनुसार सेयर मापक सूचक नेप्से परिसूचक ८.९० अंकले बढेर २०८२.०९ अंकमा पुगेको छ ।

आज नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये ७ ओटा उपसमुहको सेयरमूल्य बढेको छ भने बाँकी ६ ओटा उपसमुहको सेयरमूल्य घटेको छ ।

आजको दिन नेप्सेमा कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड अग्रस्थानमा रहेको छ । कम्पनीको ४१ करोड ८७ लाख ६३ हजार २०६ रुपैयाँको कारोबार भएको छ ।

सोमबार कुथेली बु्खुरी सानो हाइड्रोपावर, त्रिशुली जल विद्युत् कम्पनी लिमिटेड, पुपुल्स पावर र मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य क्रमश १० प्रतिशत, १० प्रतिशत, ९.९९ प्रतिशत र ९.४९ प्रतिशतले प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

जानकी फाइनान्स कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । कम्पनीको सेयरमूल्य ८.६७ प्रतिशतले घटेको छ ।

कुल ३१४ कम्पनीको एक करोड १६ लाख ३४ हजार ६१८ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ४९ करोड ६ लाख ९ हजार ७८२ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।