बेवारिसे यातायातका साधनहरूको तत्काल बिक्री वितरणको व्यवस्था मिलाउनु पर्छः सांसद गैरे


काठमाडाैँ । नेकपा (एमाले) का सांसद ठाकुरप्रसाद गैरेले थन्किएर बसेका सरकारी यातायातको साधनहरुको बिक्री वितरण गर्न सरकारसँग माग गरेका छन् ।

मंगलवार प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै उनले देशभर बिग्रेरर बसेका सवारी साधनहरूकाे तत्काल बिक्रीवितरण गरी त्यसबाट आउने रकमको सदुपयोग सम्बन्धि विशेष कार्यक्रम ल्याउन सरकारसँग रुलिङ गर्न पनि सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराए ।

सांसद गैरेले वातावरणलाई प्रदुषित गर्ने ढंगले अर्वौको सवारी साधनहरुलाई बेवारिसे अवस्थामा सरकारले राख्न नमिल्ने बताए ।
उनले भने, “देशभरी बिग्रेर बसेका यातायातका साधनहरू तत्काल मूल्यांकन गरी, त्यसको बिक्रीवितरण गरी त्यसबाट आउने रकमको सदुपयोग हुनेगरी एउटा विशेष कार्यक्रमको घोषणा गर्ने हिसावले सरकारको प्रस्तुतिका लागि रुलिङ होस । म माग गर्न चाहन्छु ।”

सांसद गैरेले सरकारी कार्यालयलाई विग्रेर सवारी साधनहरु थन्क्याउने ठाउँको रुपमा विकास गर्न नहुने पनि बताए ।