सुनकोशी गाउँपालिका: जन प्रतिनिधिको सेवा सुविधामा ५९ लाख ८२ हजार रुपैयाँ खर्च


काठमाडौँ । सिन्धुलीको सुनकोशी गाउँपालिले गाउँसभा तथा नगरसभाका सदस्यको सेवा सुविधामा ५९ लाख ८२ हजार रुपैयाँ खर्च गरेको छ ।

पालिकाले आर्थिक वर्ष २०७९/८० मा गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष ७ जना, कार्यपालिका सदस्य ६ जना र सभाका सदस्य २२ जनालाई सेवा सुविधामा ५९ लाख ८२ हजार रुपैयाँ खर्च गरेकाे महालेखा परीक्षकले जनाएको छ ।

पालिकाका जनप्रतिनिधिहरुले बैठक भत्ता, यातायात खर्च, टेलिफोन, मोबाइल, पुस्तक इन्टरनेट, पत्रिका, समन्वय तथा सहजीकण, अतिथि सत्कार, खानेपानी तथा बिजुली र खाजा शिर्षकमा सेवा सुविधा लिएका छन् ।

पालिकाका जनप्रतिनिधिहरुले बैठक भत्ता ७ लाख ७४ हजार रुपैयाँ, यातायात खर्च ७ लाख ८ हजार रुपैयाँ, टेलिफोन, मोबाइल ६ लाख १२ हजार रुपैयाँ, पुस्तक इन्टरनेट, पत्रिका ४ लाख ६८ हजार रुपैयाँ, समन्वय तथा सहजीकण ९ लाख ७२ हजार रुपैयाँ, अतिथि सत्कार १० लाख ४४ हजार रुपैयाँ, खानेपानी तथा बिजुली ५ लाख २८ हजार रुपैयाँ र खाजा शिर्षकमा ८ लाख ७६ हजार रुपैयाँ सेवा सुविधा लिएका छन् ।

जसमा पालिका अध्यक्षले ४ लाख ३३ हजार रुपैयाँ, उपाध्यक्षले ३ लाख ८५ हजार रुपैयाँ, वडा सदस्यहरुले १८ लाख ७६ हजार रुपैयाँ, कार्यपालिका सदस्यहरुले ११ लाख ७६ हजार रुपैयाँ, सभाका सदस्यहरुले २१ लाख १२ हजार रुपैयाँ लिएको महालेखाले जनाएको छ ।

गाउँपालिका अध्यक्षले अतिथि सत्कारका लागि १ लाख ८ हजार रुपैयाँ, उपाध्यक्षले ६० हजार रुपैयाँ, वडाध्यक्षहरुले ३ लाख ३६ हजार रुपैयाँ, कार्यपालिका सदस्यहरुले १ लाख ४४ हजार रुपैयाँ, सभाका सदस्यहरुले ३ लाख ३६ हजार रुपैयाँ गरेर १० लाख ४४ हजार रुपैयाँ खर्च गरेका छन् ।

गाउँपालिका अध्यक्ष र उपाध्यक्षले खानेपानी र विजुली भनेर ६०-६० हजार रुपैयाँ, वडाध्यक्षहरुले१ लाख ६८ हजार रुपैयाँ, कार्यपालिका सदस्यहरुले १ लाख ८ हजार रुपैयाँ, सभाका सदस्यहरुले १ लाख ३२ हजार रुपैयाँ गरेर ५ लाख २८ हजार रुपैयाँ पालिकाबाट सेवा सुविधा लिएका छन् ।