सुनकोशी गाउँपालिकाको बेरुजू २२ करोड ५७ लाख रुपैयाँ


काठमाडौँ । सिन्धुलीको सुनकोशी गाउँपालिकाको बेरुजू २२ करोड ५७ लाख ४० हजार रुपैयाँ रहेको छ ।

महालेखा परीक्षकले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९ ८० को प्रतिवेदन अनुसार सुनकोशी गाउँपालिकाको बेरुजू २२ करोड ५७ लाख ४० हजार रुपैयाँ रहेको छ । आर्थिक वर्ष २०७८ ७९ मा १९ करोड ३३ हजार रुपैयाँ बेरुजू बाँकी रहेको थियो ।

पालिकाको आर्थिक वर्ष २०७९ ८० मा १ करोड ८९ लाख १४ हजार रुपैयाँ बेरुजू देखिएको हो । यसमा १ लाख ५३ हजार रुपैयाँको प्रतिक्रिया प्राप्त भई सो उपर कारबाही भई बाँकी बेरुजू असुल गर्नुपर्ने २० लाख ९६ हजार रुपैयाँ, प्रमाण पेश गनुर््पर्ने ७३ लाख ९४ हजार रुपैयाँ, नियमित गर्नुपर्ने ९२ लाख ७० हजार रुपैयाँ समेत गरेर १ करोड ८६ लाख ६० हजार रुपैयाँ बेरुजू रहेको हो ।

महालेखाका अनुसार पालिकाले अन्तरसरकारी अख्तियारी, आन्तरिक आय तथा विविध कोष लगायतको वित्तीय विवरण महालेखा परीक्षकबाट स्वीकृत नेपाल सार्वजनिक क्षेत्र लेखामानको ढाँचा पूर्णरुपमा प्रयोग नगरी तयार पारेको हो ।