मृत्यु भइसकेको व्यक्तिको नाममा वितरण भएको भत्ता फिर्ता भइसक्यो: सुनकोशी गाउँपालिका


काठमाडौँ । सिन्धुलीको सुनकोशी गाउँपालिकाले मृत्यु भइसकेको व्यक्तिको नाममा वितरण गरेको सामाजिक सुरक्षा भत्ता फिर्ता भइसकेको जनाएको छ ।

पालिकाले सामाजिक सञ्जालमा सुचना जारी गर्दै मृत्यु भइसकेको व्यक्तिको नाममा वितरण भएको सामाजिक सुरक्षा भत्ता फिर्ता भइसकेको उल्लेख गरेको हो ।

पालिककाले २०८० फागुन र चैत महिनामा बैंकबाट फिर्ता भएर संघीय सञ्चित कोषमा दाखिला भइसकेको जनाएको छ । फिर्ता गरेको तथा मृत्यु दर्ताको लगत कट्टा ढिलो हुँदाको समेत ५१ हजार ४७८ रुपैयाँ संघिय सञ्चितको कोषमा दाखिला भइसकेको उल्लेख गरेको छ ।

महालेखा परीक्षकले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९ ८० को प्रतिवेदनमा पालिकाले मृत्यु भइसकेको व्यक्तिको खातामा ३७ हजार ८१० रुपैयाँ रकम जम्मा गरेको उल्लेख गरेको थियो ।