काठमाडौँ । वाणिज्य बैंकहरुले असार महिनाको लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । असार महिनाको लागि व्यक्तिगत निक्षेपमा ११ ओटा वाणिज्य बैंकहरुले ब्याजदर घटाएका छन् भने ३ ओटा वाणिज्य बैंकहरुले ब्याजदर बढाउँदा ५ ओटा बैंकहरुको ब्याजदर स्थिर रहेको छ ।
माछापुच्छे« बैंक, हिमालय बैंक र नबिल बैंकले ब्याजदर बढाएका छन् । माछापुच्छे« बैंकले व्यक्तिगत मुद्दती खातामा ७.५ प्रतिशत, हिमालनय बैंकले ८.२५ प्रतिशत र नबिल बैंकले ७ प्रतिशत ब्याज दिनेछ ।
कृषि विकास बैंक, नेपाल बैंक, सिद्धार्थ बैंक, स्टयाण्र्डड चार्टड बैंक र प्रभु बैंकको ब्याजदर स्थिर रहेको छ । व्यक्तिगत निक्षेपमा कृषि विकास बैंकले ५.६६ प्रतिशत, नेपाल बैंकले ६.७५ प्रतिशत, सिद्धार्थ बैंकले ७ प्रतिशत, स्टयाण्र्डड चार्टड बैंकले ७ प्रतिशत र प्रभु बैंकले ७.५ प्रतिशत ब्याज निर्धारण गरेका छन् ।
यस्तै, ११ ओटा वाणिज्य बैंकहरुले व्यक्ति मुद्दती निक्षेपमा दिने ब्याजदर घटाएका छन् । एभरेष्ट बैंक, राष्ट्रिय वाणिज्य बैंक, नेपाल एसबिआई बैंक, ग्लोबल आइएमई बैंक, लक्ष्मी सनराइज बैंक, प्राइम कर्मशियल बैंक, कुमारी बैंक, सानिमा बैंक, सिटिजन्स बैंक, एनएमबी बैंक र एनआईसी एशिया बैंकले ब्याजदर घटाएका छन् ।
एभरेष्ट बैंकले ५.७५ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकले ६.२२ प्रतिशत, नेपाल एसबिआई बैंकले ६.३ प्रतिशत, ग्लोबल आइएमई बैंकले ६.५ प्रतिशत, लक्ष्मी सनराइज बैंकले ६.५ प्रतिशत, प्राइम कर्मशियल बैंकले ६.७५ प्रतिशत, कुमारी बैंकले ६.७६ प्रतिशत, सानिमा बैंकले ६.८ प्रतिशत, सिटिजन्स बैंकले ६.९ प्रतिशत, एनएमबी बैंकले ७.६९ प्रतिशत र एनआईसी एशिया बैंकले ७.६९ प्रतिशत ब्याजदर निर्धारण गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्