गुणस्तरमा आधारित पर्यटक भित्र्याउन मापदण्ड बनाऔँः सांसद गौतम


काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले नेपालमा गुणस्तरीय पर्यटक भित्र्याउन मापदण्ड बनाउनुपर्ने बताएकी छिन् ।

शुक्रवार प्रतिनिधि सभा बैठकमा सांसद गौतमले नेपालमा संख्यामा भन्दापनि गुणस्तरमा आधारित पर्यटक भित्राउनुपर्ने बताइन् । उनले त्यसको लागि मापदण्ड बनाउनुपर्ने पनि उल्लेख गरिन् ।

नीति नै बनाएर खर्च गर्नसक्ने पर्यटक मात्रै भित्राउनुपर्ने उनकाे भनाइ छ । नेपालको पर्यटनको मुल आधार हिमाल, प्राकृतिक सम्पदा र संस्कृतिहरु रहेका भन्दै त्यहाँ नआउने पर्यटकहरुबाट पर्यटन प्रवद्र्धन नहुने उनले बताइन् । उनले संख्यामा पर्यटक गन्न छोड्नुपर्ने उल्लेख गरिन्।

सांसद गौतमले ट्रेकिङ टेल मासेर सडकहरु पु¥याइएको भन्दै यसले ट्रेकिङ व्यवसायलाई धरापमा पारेको बताक्षन् । ट्रेकिङ टेलको रक्षा गर्नुपर्ने उनकाे भनाइ छ ।