लुम्बिनी प्रदेशको बजेट ३८ अर्ब ९७ करोड (पूर्ण पाठ)


देउखुरी । लुम्बिनी प्रदेश सरकारले शनिवार लुम्बिनी प्रदेशसभाको चौँथो अधिवेशनको तेह्रौं बैठकमा आगामी आर्थिक वर्ष २०८१–०८२ का लागि ३८ अर्ब ९७ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

आर्थिक मामिला तथा योजना मन्त्री चेतनारायण आचार्यले प्रस्तुत गरको प्रदेश बजेटमध्ये चालुतर्फ ११ अर्ब २४ करोड २७ लाख ८४ हजार अर्थात् २८ दशमलव ८७ प्रतिशत र पुँजीगततर्फ २४ अर्ब ५८ करोड ५९ लाख अर्थात् ६३ दशमलव ०९ प्रतिशत रहेको छ ।

बजेट प्रस्तुत गर्दै अर्थमन्त्री आचार्यले उच्च, दिगो आर्थिक वृद्धि सहितको आर्थिक स्थायित्व कायम गर्दै आर्थिक विकासका लागि बजेट केन्द्रीत गरिएको बताएका छन् ।

यस्तो छ बजेट (पूर्ण पाठ)