सरकारले नयाँ चरणको आर्थिक सुधार कार्यक्रममा विशेष ध्यान दिनुपर्छः वाग्ले



काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिय वाग्लेले नयाँ चरणको आर्थिक सुधार कार्यक्रममा ध्यान दिन सरकारलाई सुझाव दिएका छन् ।

उनले सो कार्यक्रममा लागि बजेटको व्यवस्था नगरेकोमा पनि सरकारप्रति असन्तुष्टि व्यक्त गरे। आइतबार प्रतिनिधि सभा बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय र अर्थ मन्त्रालयको विनियोजित बजेटमाजिको छलफलमा भाग लिँदै उपभापति वाग्लेले प्रतिफल हुने क्षेत्रमा लगानी बढाउन पनि सरकारलाई दबाब दिए ।

उनले रोजगारमुलक उद्यमशीलतामा लगानी बढाउने र सुशासनमा सरकारले ध्यान दिनुपर्ने उल्लेख गरे । उपसभापति वाग्लेले भने, ‘यसपाली फण्ड नछुट्टयाइएको तर यो बजेटको सबभन्दा महत्वपूर्ण अंश, जुन अलिखित छ–नयाँ चरणको आर्थिक सुधार । त्यसमा असाध्यै दिन पनि म हार्दिक आग्रह गर्दछु । प्रतिफलको प्रत्याभूति सहित रोजगारमूलक उद्यमशीलतामा लगानी बढाउने एजेण्डामा हामी प्रवेश गर्नुपर्ने भयो । त्यसमा लगानी पुगेको छैन । लागत घटाउनु प¥यो र आर्थिक सुशासनमा ध्यान दिनुप¥यो । क्लाईमेट फाईनान्स ने अवको विकास फाईनान्स हुने कुरालाई पनि सरकारले ध्यान दिनुपर्छ ।”

उपसभापति वाग्लेले क्लाईमेट फाईनान्स नै अबको विकास फाईनान्स भएको कुरालाई पनि सरकारले बिर्सन नहुने बताए ।