नेपाल पेट्रोलियम ट्यांकर संघको आन्दोलनका कारण राजधानीमा पेट्रोल अभाव (फाेटाेफिचर)


काठमाडौं । नेपाल पेट्रोलियम ट्यांकर चालक संघको आन्दोलनका कारण पेट्रोल पम्पमा पेट्रोलको अभाव भएको छ । सोहीकारण आइतबारबाटै राजधानीका निजी पेट्रोल पम्पहरुले पेट्रोलियम पदार्थको बिक्रि रोकेका छन् ।

ट्याङ्कर व्यवसायीहरुका विभिन्न संघ संस्थाहरले थानकोटबाट आउने पेट्रोल ट्याङ्करहरु रोकेका छन् । काठमाडौंमा अधिकांश निजी पम्पमा ‘पेट्रोल छैन’ भन्ने सूचना टाँस गरिएको छ ।

निजी पेट्रोलपम्पहरु बन्द हुँदा नेपाल प्रहरी र नेपाली सेनाले सञ्चालन गरेका पेट्रोल पम्पहरुमा आज बिहानैदेखि डिजल र पेट्रोल भर्न सवारी साधनको लामो लाइन लागेको छ।

तस्बिरमा भद्रकाली क्षेत्रकाे भीडभाड: