कपनबाट ६ किलो सुनसहित चिनियाँ नागरिक पक्राउ


काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले ६ किलो सुनसहित एक जनालाई काठमाडौंबाट पक्राउ गरेको छ ।

कपनबाट ६ किलो सुन र ४८ लाख रुपैयाँसहित आइतबार राति एक चिनियाँ नागरिकलाई पक्राउ गरेको सिआइबीले जनाएको छ ।

अहिले सुनको तौल परीक्षणको काम जारी रहेको र केही बेरमा सार्वजनिक गर्ने तयारी प्रहरीले गरेको छ ।