पेट्रोलियम ढुवानी व्यवसायी र सरकारबिच सहमति, आजैदेखि पेट्रोल सहज हुने


काठमाडौं । पेट्रोलियम ढुवानी व्यवसायी र सरकारबीच सहमति जुटेको छ । व्यवसायी र सरकारबिच सहमति भएसँगै आजैदेखि पेट्रोलिमय पदार्थको आपूर्ति सहज हुने भएको छ ।

नेपाल आयल आयल नियमका नायब कार्यकारी निर्देशकको संयोजकत्वमा एक समिति गठन गरी १५ दिन भित्र मजदुरका माग सम्बोधन गर्ने र आजैदेखि पेट्रोलियम पदार्थको ढुवानी सुचारु गर्ने सहमति भएको निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिए ।

आयल निगममा लामो समयदेखि ट्यांकर चालक मजदुरहरू आवश्यक सेवा सुविधाविना नै काम गर्न बाध्य भएको ट्यांकर व्यसायीहरुले बताउँदै आएका थिए । अहिले उक्त समस्या समाधानका लागि लामो समयदेखि अनुरोध गर्दा पनि सुनुवाइ नभएको भन्दै ७ बुँदे माग राखेर हड्तालमा उत्रिएका थिए ।