सुरक्षण मुद्रणसम्बन्धी विधेयक संशोधन प्रस्ताव स्वीकृत


काठमाडाैँ । राष्ट्रिय सभाले सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७७ का सम्बन्धमा प्रतिनिधि सभाबाट भएको संशोधनलाई सहमति गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।

मंगलवारको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७७ का सम्बन्धमा प्रतिनिधि सभाबाट भएको संशोधनलाई सहमति गरियोस् भन्ने प्रश्ताव प्रस्तुत गरेकी थिइन् ।

राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले सो प्रश्तावलाई सभाको बैठकमा निर्णयार्थ प्रस्तुत गरेका थिए । प्रस्तावकाे पक्षमा सांसदहरुले सहमति जनाएसँगै अध्यक्ष दाहालले प्रश्ताव सर्वसम्मतिले स्वीकृत भएको घोषणा गरे ।