संसद भवनभित्र आफ्नै निधारमा गोली हानी प्रहरी जवानले गरे आत्महत्या


काठमाडौँ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा सुरक्षार्थ खटिएका नेपाल प्रहरीका एक जवान संसद भवनभित्रै निधारमा गोली लागेको अवस्थामा मृत फेला परेका छन् ।

दोलखा घर भएका २२ वर्षीय प्रहरी जवान अजित गोले गोली लागेको अवस्थामा शौचालयभित्र मृत अवस्थामा फेला परेका हुन् ।

स्रोतका अनुसार बिहान ६ बजेदेखि ड्यूटीमा खटिएका अजितले शौचालय भित्र पसेर आफैले निधारमा गोली हानेका थिए । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।