महिन्द्राले ल्यायो ‘ज्याला फ्रि, बोलेरो मर्मत र सर्भिसिङमा बचत बढी’ योजना


काठमाडौँ । अग्नि ग्रुपअन्तर्गत बालाजु अटो वर्क्सले महिन्द्रा बोलेरो गाडीका ग्राहकहरूलाई लक्षित गरी यही १ असार देखि २१ सम्मका लागि ‘ज्याला फ्रि, बोलेरो मर्मत र सर्भिसिङमा बचत बढी’ योजना ल्याएको छ । डेन्टपेन्ट र बाहिरी श्रममा लागू नहुने यस योजनामा सहभागी भई लाभ उठाउन ग्राहकले कम्तीमा १ हजार रुपैयाँबराबरको स्पेयर पार्ट्स खपत गर्नुपर्ने कम्पनीले बताएको छ ।

बालाजु अटो वर्क्सका सर्भिस हेड शिवसुदन श्रेष्ठका अनुसार कम्पनीले ग्राहकहरूको सुविधाका लागि यस्ता योजनाहरू ल्याइरहेको छ । यो योजना पनि त्यसैअन्तर्गतको हो । उनले भने, “हामी चाहन्छौँ कि बोलेरो ग्राहकहरूले अझ बढी बचतका साथै यस योजनामा सहभागी भई बढीभन्दा बढी लाभ लिन सकून् ।”

यो योजना हाल बागमती र गण्डकी प्रदेशका बालाजु अटो वर्क्सअन्तर्गत महिन्द्राका आधिकारिक सर्भिस सेन्टरहरूमा मात्र लागू गरिएको कम्पनीले जनाएको छ ।

साथै, अग्नि ग्रुपको सहायक कम्पनी अग्नि आस्था प्रालिले यसै योजनाअन्तर्गत महिन्द्राका कुनै पनि गाडी खरिद तथा बिक्री वा एक्सचेन्ज गर्ने योजना पनि ल्याएको छ ।

यस योजनाअन्तर्गत गाडी खरिद गर्दा थप वारेन्टी, फ्री सर्भिसिङ, अग्नि हायर परचेजमार्फत सरल फाइनान्सिङलगायत अन्य सुविधा पनि उपलब्ध गराउने कम्पनीले जनाएको छ ।