काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । बिहिबार (हिजो) प्रतितोला ६ सय रुपैयाँले बढेको छापावाला सुनको मूल्य शुक्रबार(आज) प्रतितोला १९ सय रुपैयाँले बढेर कारोबार भएको छ ।
नेपाल सुनचाँदी महासंघकाअनुसार आज छापावाल सुन प्रतितोला १ लाख ४४ हजार ७ सय रुपैयाँ र तेजावी सुन १ लाख ४४ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।
अघिल्लो दिन छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४२ हजार ८ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४२ हजार १ रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला २५ रुपैयाँले बढेर प्रतितोला १ हजार ८६५ रुपैयाँमा कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस्