गोरखा सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ समस्याग्रस्त घोषणा


काठमाडौँ । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले ललितपुरको गोरखा सेभिङ एण्ड क्रेडिट कोअपरेटिभलाई समस्याग्रस्त घोषणा गरेको छ।

सहकारी विभागको सिफारिसमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको मन्त्रीस्तरीय निर्णयले संस्थालाई बिहीबार समस्याग्रत घोषणा गरेको हो ।

सहकारी ऐन, २०७४ को दफा १०४ को उपदफा (२) बमोजिम उक्त सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरी संस्थाको सम्पत्ति व्यवस्थापन र दायित्व भुक्तानी सम्बन्धी कार्य गर्न सोही ऐनको दफा १०५ बमोजिम गठित समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा पठाइएको मन्त्रालयले जनाएको छ ।

योसँगै नेपाल सरकारले घोषणा गरेको समस्याग्रस्त सहकारीको संख्या २१ पुगेको छ ।