झिनो अंकले घट्यो नेप्से, ४ अर्ब ३७ करोड रुपैयाँको कारोबार


काठमाडौँ । साताको कारोबारको पहिलो दिन सेयरबजार झिनो अंकले घटेको छ । नेपाल स्टक एक्चेन्जका अनुसार आइतबार सेयर मापक सूचक नेप्से परिसूचक ५.३७ अंकले घटेर २०६२.९४ अंकमा झरेको छ ।

आजको दिन नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये ३ वटा उपसमुहको सेयरमूल्य बढेको छ भने बाँकी १० वटा उपसमुहको सेयरमूल्य घटेको छ ।

आइतबार नेप्सेमा पोखरा फाइनान्सको सबैभन्दा बढी रकमको सेयर कारोबार भएको छ । कम्पनीको १७ करोड १३ लाख ५२ हजार ३९१ रुपैयाँको कारोबार भएको छ ।

आजको दिन रिलायन्स फाइनान्स, गणपती लघुवित्त वित्तीय संस्था, साधना लघुवित्त वित्तीय संस्था, मैलुङ खोला जलविद्युत् कम्पनी र नेपाल फाइनान्सका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन् ।

कम्पनीको सेयरमूल्य क्रमश १० प्रतिशत, १० प्रतिशत, १० प्रतिशत, १० प्रतिशत र ९.९९ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

त्यस्तै ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । कम्पनीको सेयरमूल्य ६.५८ प्रतिशतले घटेको छ ।

कुल ३१७ कम्पनीको ९५ लाख ६१ हजार ७२७ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ३७ करोड ४५ लाख ९७ हजार ४५८ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।