सहकारी बदनाम भएपछि संसदमा बहस चल्योः बास्कोटा


काठमाडौँ । राष्ट्रिय सहकारी महासंघका संस्थापक अध्यक्ष दीपकप्रकाश बास्कोटाले सहकारीको बदनाम भएपछि संसदमा बहस चलेको बताएका छन् ।

प्रथम सहकारी रोजगार मेलाको समापन समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् । कार्यक्रममा बोल्दै उनले भने, “सहकारीका बारेमा कहिले पनि चर्चा हुन सकेको थिएन । जब सहकारीको बदनाम भयो तब संसदमा बहस चल्यो ।”

त्यस्तै, अहिले सहकारीको चर्चा सडकदेखि संसदसम्म बहस चलेको उनले बताए । उनले भने, “सडकदेखि सदनसम्म सहकारीको बहस चलेको छ । तर, नकारात्मक कुरालाइ लिएर चर्चा धेरै चलेका छन् । छानविन समिति बन्नेसम्मको अवस्था समेत बन्न पुग्यो । यसले राम्रो पनि गरेको छ ।”

अस्तित्व भएका सहकारीमा सरकारको संलग्नता हुने समेत उनले आरोप लगाए । सहकारीप्रति सरकारको भूमिका स्पष्ट नभएको उनले बताए ।