वित्तीय क्षेत्रभन्दा बाहिर ५ खर्ब ३० अर्ब रुपैयाँ चलनचल्तीमा


काठमाडौँ । वित्तीय क्षेत्रभन्दा बाहिर चलनचल्तीमा रहेको मुद्रा वृद्धि भएको छ ।

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८०/८१ को पहिलो र दोस्रो त्रैमासिक तथ्यांकमा आधारित वित्तीय क्षेत्र सर्वेक्षण र अन्य वित्तीय संस्था सर्वेक्षण सार्वजनिक गर्दै वित्तीय क्षेत्रभन्दा बाहिर चलनचल्तीमा रहेको मुद्रा वृद्धि भएको उल्लेख गरेको हो ।

२०८० असारको तुलनामा पुसमा ३ं.६ प्रतिशतले वित्तीय संस्थाभन्दा बाहिर चलनचल्तीमा रहेको मुद्राको वृद्धि भएको छ ।

राष्ट्र बैंकका अनुसार २०८० असार मसान्तमा ५ खर्ब १२ अर्ब ५१ करोड रुपैयाँ वित्तीय क्षेत्रभन्दा बाहिर चलनचल्तीमा रहेको रहेको थियो ।

२०८० पुस मसान्तमा ३.६ प्रतिशतले वृद्धि भई ५ खर्ब ३० अर्ब ९९ करोड रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ ।

२०८० असारको तुलनामा असोजमा वित्तीय संस्थाभन्दा बाहिर चलनचल्तीमा रहेको मुद्रा ७.५ प्रतिशतले वृद्धि भएको थियो ।

राष्ट्र बैंकका अनुसार २०८० असार मसान्तमा ५ खर्ब १२ अर्ब ५१ करोड रुपैयाँ वित्तीय क्षेत्रभन्दा बाहिर चलनचल्तीमा रहेको रहेको थियो भने २०८० असोज मसान्तमा ५ खर्ब ५१ अर्ब ८ करोड रुपैयाँ पुगेको थियो ।