११ महिनामा निर्जीवन बिमा कम्पनीहरूको कुल व्यवसाय ३६ अर्ब, कुनले कति गरे ?


काठमाडौँ । चालु आर्थिक वर्षको ११ महिना (साउन–जेठ) सम्म निर्जीवन बिमा कम्पनीहरूले कुल ३६ अर्ब रुपैयाँको बिमाशुल्क संकलन छन्।

संचालनमा रहेका १४ वटा निर्जीवन बिमकले २६ लाख ८ हजार ७९२ वटा बीमा पोलिसी विक्री गरी ३६ अर्ब ३२ करोड ९९ लाख रुपैयाँ कुल बिमाशुल्क संकलन गरेका हुन् ।

सो अवधिसम्म सबैभन्दा धेरै शिखर इन्स्योरेन्स कम्पनीले बिमाशुल्क आर्जन गरेको छ।  कम्पनीले ४ अर्ब ८९ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ ।

त्यस्तै सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले ४ अर्ब २९ करोड रुपैयाँ कुल बिमा शुल्क आर्जन गरेको छ भने सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले ३ अर्ब ६६ करोड रुपैयाँ कुल बिमा शुल्क संकलन गरेको छ । यसैगरि हिमालयन एभरेष्ट इन्स्योरेन्सले ३ अर्ब २३ करोड रुपैयाँ कुल बिमा शुल्क संकलन गरेको छ ।आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले ३ अर्ब २१ करोड रुपैयाँ कुल बिमा शुल्क संकलन गरेको छ ।

नेको इन्स्योरेन्सले २ अर्ब ८८ करोड रुपैयाँ कुल बिमा शुल्क आर्जन गरेको छ । यूनाइटेड अजोड इन्स्योरेन्सले २ अर्ब ३८ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ भने एनएलजी इन्स्योरेन्सले २ अर्ब २६ करोड रुपैयाँ कुल बिमा शुल्क संकलन गरेको छ ।

त्यसैगरी सानिमा जिआइसी इन्स्योरेन्सले २ अर्ब २१ करोड रुपैयाँ कुल बिमा शुल्क संकलन गरेको छ । ओरिएण्टल इन्स्योरेन्सले १ अर्ब ७५ करोड रुपैयाँ कुल बिमा शुल्क संकलन गरेको छ । प्रभु इन्स्योरेन्सले १ अर्ब ५६ करोड रुपैयाँ कुल बिमा शुल्क आर्जन गरेको भने राष्ट्रिय बिमा कम्पनीले १ अर्ब ५३ करोड रुपैयाँ कुल बिमा शुल्क संकलन गरेको छ ।

त्यस्तै नेपाल इन्स्योरेन्सले १ अर्ब ४० करोड रुपैयाँ कुल बिमा शुल्क संकलन गरेको छ । नेशनल इन्स्योरेन्सले १ अर्ब १ करोड रुपैयाँ कुल बिमाशुल्क संकलन गरेकाे प्राधिकरणकाे तंथ्याकले देखाएकाे छ ।