३ अंकले बढ्यो नेप्से


काठमाडौँ । साताको कारोबारको दोस्रो दिन सेयरबजार झिनो अंकले बढेको छ । नेपाल स्टक एक्चेन्जका अनुसार सोमबार सेयर मापक सूचक नेप्से परिसूचक ३.२१ अंकले घटेर २०६६.१६ अंकमा पुगेको छ ।

आजको दिन नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये ६ वटा उपसमुहको सेयरमूल्य बढेको छ भने बाँकी ७ वटा उपसमुहको सेयरमूल्य घटेको छ ।

सोमबार नेप्सेमा मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाको सबैभन्दा बढी रकमको सेयर कारोबार भएको छ । कम्पनीको २४ करोड ३२ लाख १८ हजार ४९५ रुपैयाँको कारोबार भएको छ ।

आजको दिन नेपाल फाइनान्स र गणपती लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन् ।

कम्पनीको सेयरमूल्य क्रमश १० प्रतिशत र १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

त्यस्तै बुद्धभुमी नेपाल हाइड्रोपावर कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । कम्पनीको सेयरमूल्य ७.०१ प्रतिशतले घटेको छ ।

कुल ३२२ कम्पनीको १ करोड ७ लाख ७ हजार ८७८ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ७ करोड ७२ लाख ५५ हजार ११६ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।