राेल्पाकाे सुनिलस्मृति गाउँपालिकाद्वारा रू. ५४ करोड ६४ लाखकाे बजेट सार्वजनिक


राेल्पा । राेल्पाकाे सुनिलस्मृति गाउँपालिकाले रु ५४ करोडकाे बजेट सार्वजनिक गरेकाे छ ।

१६ औँ गाँउसभाकाे दाेस्राे बैठकमा उपाध्यक्ष मिना थापाले रू. ५४ कराेड ६४ लाख ५१ हजार १ सय ६० काे बजेट सार्वजनिक गरेकी हुन् ।

बजेट सार्वजनिक गर्दै उपाध्यक्ष थापाले ३९ करोड १८ लाख ४८ हजार रुपैया चालु खर्च तर्फका कार्यक्रमको लागि विनियोजन गरिएको छ भने पुँजीगततर्फ १५ करोड ४६ लाख ०३ हजार रुपैया विनियोजन गरिएको जानकारी गराइन् ।

आगामी आर्थिक वर्षका लागि सुनिल स्मृतिले गर्ने कुल खर्च मध्ये चालु खर्चकाे हिस्सा ७१.७५ प्रतिशत र पुँजीगत खर्चको अनुपात २८.३५ रहेको छ ।

गाउँपालिकाले आर्थिक विकास तर्फ कृषि क्षेत्रको विकास विस्तार व्यवसायिकरण तथा आधुनिकिकरण, उद्योग तथा वाणिज्य क्षेत्रको विकास र विस्तारमा जाेड दिएकाे छ ।

यस्तै पर्यटन प्रवर्धन, सहकारी र वित्तिय क्षेत्रको विकास र विस्तार जलस्रोत तथा सिंचाई विस्तार वन वातावरण तथा जलवायू सन्तुन कायम राखि आर्थिक विकासका सूचकहरू मजवुत बनाउन संघीय सरकार र प्रदेश सरकारबाट सशर्त अनुदान मार्फत हस्तान्तरित कार्यक्रम बाहेक गाउँपालिकाबाट रु १ करोड ६४ लाख ३ हजार रुपैया रकम विनियोजन गरिएको छ ।

सामाजिक विकास तर्फ शिक्षा क्षेत्रको गुणस्तर अभिबृद्धि, आधारभूत स्वास्थ्य सेवाको पहूँचमा विस्तार, स्वच्छ खानेपानीको सुनिश्चितता तथा सरसफाई, संस्कृति प्रर्वद्वन, खेलकूद तथा मनोरञ्जन, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण सामाजिक सुरक्षा तथा संरक्षण यूवाशक्तिको परिचालन समग्र विकास र विस्तारको लागि रु ४ करोड ५० लाख ८० हजार रकम विनियोजन गरिएको छ ।

पूर्वाधार विकास तर्फ स्थानीय सडक, पुल तथा झोलुङ्गे पुल, सिंचाई, भवन तथा सहरी विकास, उर्जा, लघु तथा साना जलविद्युत (वैकल्पिक उर्जा समेत) र संचार क्षेत्रको समग्र विकास र विस्तारको लागि रु. ६ करोड ८२ लाख ८३ हजार रुपैया रकम विनियोजन गरिएको छ ।

वन, वातावरण तथा विपद व्यवस्थापन तर्फस् वन तथा भू संरक्षण, जलाधार संरक्षण, वातावरण संरक्षण, जलवायु परिवर्तत, फोहर मैला तथा ढल व्यवस्थापन, जलउत्पन्न प्रकोप नियन्त्रण, विपद् व्यवस्थापन र वारुण यन्त्र सञ्चालन आदि कार्यको लागि रु ३३ लाख रुपैयाँ रकम विनियोजन गरिएको उपाध्यक्ष थापाले जानकारी दिइन् ।

संस्थागत विकास सेवा प्रवाह र सुशासन तर्फस् सामान्य सेवा, सुरक्षा व्यवस्थापन, सूचना प्रविधि, पञ्जिकरण व्यवस्थापन, स्थानीय तथ्याङ्क संकलन र अभिलेख व्यवस्थापन, सुशासन प्रर्वद्वन, अनुसन्धान तथा विकास श्रम तथा रोजगारी मानव संसाधन विकास सुशासन तथा अन्य अन्तरसम्बन्धित विषयहरूमा काम गर्नका लागि भन्दै रु १२ करोड ३० लाख ७२ हजार रकम विनियोजन गरिएको छ ।