नेप्से परिसूचक ११ अंकले घट्यो


काठमाडौं । साताको कारोबारको चौथो दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार सेयर मापक सूचक नेप्से परिसूचक ११.६० अंकले घटेर २०६० अंकमा पुगेको छ ।

आजको दिन नेप्सेमा कारोबार भएका कुल १३ उपमुहमध्ये ३ ओटा उपसमुहको सेयरमूल्य बढेको छ भने बाँकी १० वटा उपसमुहको सेयरमूल्य घटेको छ ।

आजको दिन नेपाल फाइनान्स लिमिटेड कारोबारको आधारमा अग्रस्थानमा रहेको छ ।

बुधबार नेप्सेमा नेपाल फाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य ९.५५ प्रतिशतले बढेको छ ।

कुल ३०५ कम्पनीको ८७ लाख २७ हजार १ सय ६४ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ५ करोड ८० लाख ४७ हजार ७ सय ३४ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।